अन्योलमा सुदूरको बजेट

अत्तरिया – सुदूरपश्चिम सरकारले बजेट ल्याएको महिना दिन पुग्नै लाग्दा पनि अझै पारित हुने छाटकाट देखिएको छैन् । बहुमतको सरकारले ल्याएको बजेटमा सत्ता पक्षबाटै चर्को विरोध भएपछि बजेट पास हुने प्रक्रियामा समेत जान सकेको छैन । बजेट असार १ गते सदनमा पेश गरिएपनि सदनभन्दा बाहीर छलफल गर्नमा प्रदेश सांसदहरु लागेपछि बजेट पास गराउने प्रक्रिया समेत सुरु हुन नसकेको हो ।

maya metro hospital

यतीमात्रै नभएर प्रदेश सांसदहरु प्रदेशसभामा बजेटका बिषयमा छलफल गर्नुपर्नेमा संघिय राजधानी काठमाण्डौंमा पुगेर बजेटका बिषयमा छलफल गरिरहेका छन । संघले प्रदेशलाई दिएको अधिकारको खिल्ली उडाउँदै प्रदेशका सांसदहरु आफ्ना पार्टीका नेताहरु मार्फत बजेट संसोधनमा दवाव दिन काठमाण्डौं पुग्न थालेका हुन ।
बजेट प्रस्तुत भएदेखि नै निरन्तर सांसदहरुले मञ्च, दलका बैठकहरुमा चर्को विरोध गरेर संसदमा बसह गर्ने वातावरण नै बन्न दिइरहेका छैनन् । उल्टै सोमबार सत्तापक्षमै रहेका तिन दलले संसद बाहिरै बजेट पास हुन नदिने भनेर निर्णय गर्न सम्म भ्याएका छन ।

joshi vada pasal 2

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीको सोमबार बसेको संयुक्त बैठकले बजेट पारीत हुन नदीले निर्णय गरेका हुन । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सभामा पेश गरिएको बजेट संघीयताको मर्म विपरीत र व्यक्ति केन्द्रित रहेकोले यथास्थितिमा पारित गर्न नदिन ३ दलको निर्णय भएको जानकारी दिए ।

असार १ गते नेकपा एकीकृत समाजवादीका सांसद तथा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि उनको दल सहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संगै सत्तारुढ गठबन्धनभित्रै असन्तुष्टि देखिएको हो । बजेटप्रति सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसदहरुले पनि विरोध जनाउँदै आएका छन् ।

यसले एकातिर सबैले विरोध गर्ने बजेट कताबाट तयार भयो भन्ने प्रश्न खडा भएको छ भने अर्कोतिर बजेट पारित गर्न ढिलाई हुँदा त्यसको असर विकास निर्माणमा पर्ने चिन्ता थपिएको छ ।

यद्दपी बजेटको विरोध गरिरहेका सांसदहरुले भने बजेट मन्त्रीमुखी भएको, आवश्यकता भन्दा पनि पहुँचका भरमा योजना बनेको, विगतमा सरकारले आफैं बनाएका मापदण्डको पालना नगरेको र स्थानीय तहका योजना बेवास्ता गरिएको आरोप लगाउँदै आएका छन् । सांसदहरुले काठमाडौंमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, शीर्ष नेताहरु शेरबहादुर देउवा र माधव नेपाल लगायतलाई भेटेर बजेट पारित गर्न बाध्य नबनाउन आग्रह समेत गरेका छन् ।

बजेटका बिषयमा छलफल गर्न लामो समयदेखि रोकिएको प्रदेशसभा बैठक सोमबार बसेपनि उक्त बैठक आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोक प्रस्ताव पारित गरि सकिएको छ । सोमबार बसेको दोस्रो अधिवेशनको १५ औं बैठकले सो प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

सभामुख भीमबहादुर भण्डारीले सभामा पेश गरेको प्रस्तावमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलले पनि समर्थन गरेका थिए । शोक प्रस्ताव पारित भएसंगै सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामा जानकारी दिए । अर्को बैठकको मिति नतोकिएकाले अब कहिले बैठक बस्ने भन्ने अन्योल संगै बजेट पास हुने अन्योल पनि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.