रोपिएका विरुवा संरक्षणमा ध्यान देउ

नेपालमा हरेक बर्ष लाखौं विरुवा रोपिन्छन् । नेपाल सरकार मातहतका वन, कृषि कार्यालय संगै प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न संघसस्थाहरुले विरुवा रोप्ने गरेका छन । अचेल स्थानिय स्तरबाट पनि विभिन्न सामुदायिक वनहरु तथा उपभोक्ताहरुले वनमा वृक्षारोपण गर्ने गरेका छन । ति वृक्षारोपण गरिएका विरुवाहरु हुर्किए या हुर्किएनन् भनेर भने कसैले खासै वास्ता गरेका छैनन् ।

maya metro hospital

वृक्षारोपण गर्ने संघसंस्था तथा सरकारी निकाय मात्रै नभई उपभोक्ताहरुले समेत त्यस्ता विरुवाहरुको संरक्षणमा ध्यान दिदैनन् । जसले गर्दा लाखौ करोडौमा किनिएका विरुवाहरु मरिरहेका हुन्छन भने त्यसमा लगाईएको लगानी खेर गैरहेको छ । पछिल्लो केही समय यता जन्मदिन या अन्य विभिन्न उत्सवका अवसरमा पनि बोटविरुवाहरु लगाउने चलन बढेको छ । ति विरुवाहरुको पनि संरक्षणमा भने ध्यान दिईदैन । बोटविरुवा लगाउने परिपाटी बढेपनि संरक्षणमा ध्यान नदिईदा त्यसको प्रभाव देखिएको छैन ।

joshi vada pasal 2

पछिल्लो समय तराईका क्षेत्रमा बसाईसराईका कारण बनविनास बढ्दो छ । त्यसमा पनि अव्यवस्थीत बसोबासीहरुलाई लालपुर्जा वितरण हुने कुराले वनविनास कार्यलाई थप प्रोत्साहित गरेको अवस्था छ । यस्तो अवस्थामा वृक्षारोपण गरीनु सुखद पक्ष भएपनि वृक्षारोपण गरिएका विरुवाहरुको संरक्षण र सम्र्वद्धनको बारेमा ध्यान नदिईदा भने वातावरणिय असर बढ्ने चिन्ता थपिएको छ ।

वनहरुको विनास हुने कार्य बढ्दा र वृक्षारोपण गरिएका विरुवाहरुको संरक्षण नहुँदा वनहरु सखाप हुदै गईरहेका छन । जसले बाढी, पहिरो, भुक्षय लगायतका विपद्हरु बढ्दै जान थालेका छन । आफ्नै रोटेशनमा चलिरहेको प्रकृतिको एक पक्ष नासिदै जाँदा त्यसले अर्काे पक्ष पक्कै पनि प्रभावित हुन्छ नै ।

वनविनास हुँदा आउने विपत्तीको मारमा अवश्य पनि नागरिक नै पर्छन । आफ्नै विनासका लागि गरिने वनविनासको अन्त्य गर्न जरुरी छ । जसमा वृक्षारोपणको भूमिका महत्वपुर्ण हुन्छ । त्यसैले वृक्षारोपण गरिएका विरुवाहरुको संरक्षणमा सरोकारवाला निकायलले ध्यान दिन जरुरी छ ।

जिल्लास्तरमा हुने वृक्षारोपणमा जिल्लामा रहेका डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालयहरुले विशेष निगरानी राख्न आवश्यक छ । वातावरणलाई हरियाली राख्न वृक्षारोपण आवश्यक छ । त्यसैले वृक्षारोपण गरौ, वृक्षारोपण गरिएका विरुवाहरुको संरक्षणमा ध्यान दिउ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.