खाेज्नुहाेस

अश्मीलाई न्याय देउ

Image

कैलालीको गोदावरी नगरपालिका – ४ की १७ वर्षिया अस्मी बोहराले यही असार ९ गते आफ्नै घरमा आत्महत्या गरीन् । उनले घरभित्रै पासो लगाएर आत्महत्या गरेकी थिइन् । उनले आफैले आत्महत्या गरेपनि उनलाई आत्महत्या गर्न बाध्य पार्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीमै १० कक्षा उत्र्तीण गरेपछि नेपालगंजको एउटा कलेजमा अप्थामालोजी पढ्न गएकी उनि त्यहाँबाट फर्किदा भने मानसिक रुपमा रोगी बनिसकेकी थिईन । गत बर्ष फागुन महिनामा देखि नेपालगंंजमा रहेको भागेश्वर गल्स होस्टेलमा बसेर पढ्दै गरेकी अश्मीको जीवनले एकाएक अर्कै मोड लियो । होस्टेलमा बसेर पढ्न लागेको ४ महिना नपुग्दै उनी यस्तो भुमरिमा फसिन जसले उनको ज्यानै लियो ।

attariya hospital
navjiwan hospital

२ महिना अगाडी चिनजान भएकी साथीले कोठामा बोलाएर अस्मीलाई केटाको जिम्मा लगाएकी हुन्छन । खानामा बेहोसीको औषधी मिसाएर गरिएको उनकी साथीको त्यो हर्कतका कारण अस्मीले ज्यान लिनुप¥यो । बलात्कृत भएकी अश्मीताको १० दिन अस्पतालमा राखेर उपचार गरिएको कुरा पनि मृत्यु भएपछि आफन्तले थाहा पाएका थिए । परिवारलाई नभन्न धम्क्याईएको परिवारको आरोप रहेको छ । घटना पनि अश्मी पुरै मानसिक रुपमा विचलित भइसकेकी थिइन् । घरमा आएर उनले आत्महत्या गरिन । निकै मानसिक पीडा सहेर उनले प्राण त्याग गरिन ।

अस्मीले आत्महत्या गर्नुका पछाडी दोषी रहेकी उनकी साथी र उक्त केटालाई फाँसीको सजाय हुनुपर्ने परिवारले माग गरेका छन । केटा पक्राउ परिसकेका छन भने केटी अझै फरार छन । केटालाई प्रहरीले नेपालगंजबाटै पक्राउ गरेर अत्तरिया ल्याईसकेको छ । अस्मीकी साथी लक्ष्मी खड्काको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

वर्तमान समयमा एउटा युवतीले ढुक्क सँग अध्यापन गर्न सक्ने अवस्थाको निर्माण हुन नसक्नुका पछाडी यस्तै अपराधीहरुको हात छ । भर्खरका युवतीहरुलाई ललाईफकाई उनिहरुको अस्तित्व लुट्ने र उनिहरुलाई मर्न विवस पार्ने यस्ता नरपिपासुहरुलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

समाजमा ढुक्क सँग महिला तथा युवतीहरुले बाच्न पाउने अवस्था सृजना गर्नका लागि यस्ता गतिविधिहरुको न्यूनिकरण जरुरी छ । यस्ता अपराधीक मानसिकता बोकेका युवा तथा युवतीले गर्दा नै देशमा हत्या हिंसाका घटनाहरु बढीरहेका छन । यिनिहरुलाई कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकायले पहलकदमी गर्न जरुरी छ ।