खाेज्नुहाेस

किसानका समस्या समाधानमा ध्यान देउ

Image

शुक्रबार देशभर २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले २०६२ सालको असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । त्यस दिन धान रोपाई सँगै दही चिउरा खाने, असारे गित गाउने चलन पनि छ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिनका रुपमा असार १५ मलाई धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । सो दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ ।

दिवसका अवसरमा देशभर रोपाई लगायतका कार्यक्रमहरु आयोजना गरिएका थिए । सरकारले झण्डै एकतिहाईले उत्पादन बढाउने घोषणा गरीरहँदा विगत बर्षमा जस्तै धान रोपाइको सिजनमा यो वर्ष पनि रासायनिक मलको अभाव देखिएको छ । नेपालमा करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । रासायनिक मल, सिंचाईको पहुच लगायतमा ध्यान सके आगामी ५ बर्षभित्र धानमा आत्मनिर्भर बन्न सकिने नेपाल कृषि अनुसन्धान परिषद नार्कको भनाई छ ।

attariya hospital

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । धानबाली तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा लगाइन्छ ।

navjiwan hospital

धान दिवसको अवसरमा देशका विभिन्न स्थानमा नेता कार्यकर्ताहरु खेतखेतमा गएर रोपाई गरेका तस्बिरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन । धान दिवसको अवसरमा मात्रै खेतमा खुट्टा टेकेकाहरुले सामाजिक सञ्जालमार्फत किसानहरुलाई दिवसको शुभकामना दिईरहेका छन ।

किसानहरुका पिरमर्का र समस्याहरु बुझेर त्यसको समाधानतिर ध्यान दिनुको सट्टा जनप्रतिनिधि र नेता कार्यकर्ताहरुले एक दिन सामाजिक सञ्जाल रंग्याउदा किसानहरुलाई जिस्क्याएसरह हुन्छ । किसानहरुको कार्यमा सहयोग गर्नका लागि उनिहरुलाई आवश्यक पर्ने मल, बिउ तथा कृषि यन्त्रहरु उपलब्ध गराउन सके साच्चिकै धान दिवसको महत्व झल्कन्थ्यो होला ।

तर, यहाँ एक दिन, एक मिनेट रोपाई गरेर यहाँका नेताकार्यकर्ता एवम् जनप्रतिनिधिहरु सामाजिक सञ्जालमा आफुलाई किसानमैत्री अथवा भनौ कृषिमैत्री बनाउन तल्लिन देखिन्छन । उनिहरुले त्यसो गरिरहदा देशमा कृषिमा आवद्ध किसानहरुको संख्या भने घट्दै गईरहेको छ ।

धान दिवसका अवसरमा एक दिने रोपाई गर्ने नभई किसानलाई आवश्यक पर्ने हरेक समयमा किसानको साथमा सरकार उभिन सक्नुपर्दछ । कृषिप्रधान देश नेपालले हालसम्म कृषिजन्य उत्पादनहरु विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । तर यदी वास्तविक किसानहरुलाई कृषि कार्यमा प्ररित गर्ने किसीमका निति तथा कार्यक्रमहरु बनेका भए अवश्य पनि देशले कृषिजन्य उत्पादन बाहिरी देशलाई निर्यात गथ्र्याेहोला । तसर्थ एक दिने कृषिप्रेमी नबनी किसानका समस्याहरुलाई समाधान गर्ने काममा सरोकारवाला सबैले अग्रसर बन्न जरुरी छ ।