अत्तरिया – आर्थिक बर्ष २०८०/८१ को बार्षिक विकास कार्यक्रममा गोदावरीमा झण्डै १४ करोडका योजना समेटिएका छन । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयले प्रकाशित गरेको बार्षिक कार्यक्रम पुस्तिका अनुसार गोदावरीका १४ करोडका योजना परेका हुन ।
प्रदेशको बजेटबाट बाटो, खानेपानी, सिचाइ र तटबन्धका योजना समेटिएका छन । यस्तै गोदावरी धामको विकासका लागि पनि योजना बजेट विनियोजन गरिएको छ । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वय इकाइ कैलालीद्धारा गोदावरी धाम पर्यटकीय पुर्वाधार निर्माण तथा प्रवर्धन कार्यक्रमका लागि २५ लाख विनियोजना गरिएको छ ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय कैलालीद्धारा गोदावरी – ११ शिवमन्दिर अगाडी भू–संरक्षण बाङ्गेसाल तटबन्ध निर्माणका लागि १० लाख, गोदावरी – ९ मा शेहरी झोलुङ्गे पुलनेर खुटिया नदी नियन्त्रण गर्न १० लाख, गोदावरी – ७ मा मगरटोल जनजाती उत्थान समुह भवन नजिकको खोला नियन्त्रण गर्न १० लाख, गोदावरी – ४ हाटखोली खुटिया नदी नियन्त्रण गर्न १० लाख विनियोजन गरिएको छ ।
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत गोदावरी – १ अत्तरियामा कृषि थोक बजार स्टल निर्माण गर्न ५० लाख, गोदावरीमा वृहत एवम् बिशेष उत्पादन कार्यक्रम गर्न २५ लाख विनियोजन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीद्धारा गोदावरी – ६ मा साझेदारीमा मासुजन्य उद्योग स्थापना र संञ्चालन गर्न १० लाख विनियोजन गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तरगत अत्तरियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय व्यारेक भवन निर्माण गर्न ८० लाख विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तगत गोदावरी अत्तरिया धनगढी चौराहा सडक खण्डमा मोनोरेस सेवाको सम्भाव्यता अध्ययन गर्न १ करोड विनियोजन गरिएको छ । सोही मन्त्रालय अन्तरगत गोदावरी – १० को खमौरा गाउँदेखि जनप्रभात मावि सम्म सडक कालोपत्रे गर्न ६० लाख, गोदावरी – ६ भुयारा बडेहा १० किमि सडक कालोपत्रे गर्न १ करोड, गोदावरी – ८ मजगाउँ पिपल चौतारा देखि जोनापुर फकलपुर रिङरोड निर्माणका लागि ४५ लाख विनियोजन गरिएको छ ।

गोदावरी – ५ मा रहेको कालिका सेवा समाज देखि कर्ण सिह बोहराको घर हुँदै नहर जाने बाटो निर्माण गर्न १५ लाख, कृष्ण मन्दिर देखि गोदावरी – १२ बान्द्रे खाल सम्म सडक स्तरोन्नती १ करोड ५० लाख, गोदावरी – १२ आदर्श टोलबाट कालिका नगर जाने बाटोको कल्भर्ट निर्माण गर्न ३० लाख विनियोजन गरिएको छ । गोदावरी – ३ देखि वडा नम्बर १०, ११ र १२ को नहर बाटो कालोपत्रे गर्न ५० लाख, गोदावरी – १ र ३ को महेन्द्रनगर रोडमा रहेको गोदावरी पुल देखि अत्तरिया बजार हुँदै पूर्व रोड शसस्त्र प्रहरी बाहिनी सम्म सड़क निर्माण गर्न ५० लाख विनियोजन गरिएको छ ।
भूमिगत जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालयद्धारा गोदावरी – ४ मा बन्दगडा बिचे सलडा सिचाइ योजनाका लागि ५० लाख, गोदावरी – १२ कोल्मुडा सिचाइ आयोजनाका लागि ५० लाख, गोदावरी – ७ समैजी भूमिगत सिचाइ योजनाका लागि ४३ लाख, गोदावरी – ९ धनचौरी डिप ट्युवेल भूमिगत सिचाइ योजनाका लागि १० लाख विनियोजना गरिएको छ । यस्तै खानेपानी तथा सरसफाइत डिभिजन कार्यालय कैलालीद्धारा गोदावरी – ९ मा चाप खानेपानी आयोजनाका लागि ६० लाख, गोदावरी – ८ मा रहेको समयजी खानेपानी आयोजनाका लागि १० लाख विनियोजन गरिएको छ ।
जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कैलालीद्धारा गोदावरी – ४ खौराना खोला तटबन्ध निर्माणका लागि ३० लाख, भूमिगत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कैलालीद्धारा गोदावरी – १० को प्रगति भूमिगत सिचाइ आयोजनाका लागि ४० लाख, बन्देगाडा सिचाई योजनाका लागि ५० लाख विनियोजन गरिएको छ ।
यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीद्धारा मुरकटी सहरी खानेपानी आयोजनाका लागि ७० लाख, अत्तरिया चौकीडाँडा दक्षिण कटान खानेपानी आयोजनाका लागि ४५ लाख, गोदावरी बजार खानेपानी आयोजनाका लागि २० लाख, बल्मी खानेपानी आयोजनाका लागि ६० लाख, गेटा खानेपानी आयोजनाका लागि २० लाख, गोदावरी – २ र ३ खानेपानी आयोजनाका लागि २० लाख, गोदावरी १२ खानेपानी आयोजनाका लागि ९ लाख विनियोजन गरिएको छ ।
यस्तै सामाजिक विकास मन्त्रालय अन्तरगत गेटा आखाँ अस्पतालको लागि आँखा सम्बन्धि औजार उपकरण खरिदका लागि ५० लाख, सामाविक विकास कार्यालय कैलाली अन्तरगत गोदावरी – ४ बास्कोटामा रहेको राष्ट्रिय मावि भवन निर्माणका लागि २० लाख, गोदावरी – ५ मा रहेको सरस्वती मावि आइसीटी व्यवस्थापनका लागि २५ लाख विनियोजन गरिएको छ ।
प्रदेश सरकारले स्थानीय तह वित्तीय हस्तान्तरण अन्तरगत ५६ लाख ५० हजार विनियोजन गरिएको छ । उक्त रकमबाट गोदावरी –४ मा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय शिव मन्दीर देखि दोगडेसम्म पदमार्ग निर्माणका लागि १० लाख, गोदावरी – २ मा शान्ति ग्रीन पार्क निर्माणका लागि १० लाख, गोदावरी – १ मा हरित पार्क र बाल उद्यान निर्माणका लागि ५ लाख, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तरगत साना सिचाई मर्मतका लागि १२ लाख, पीएडीएस नगरस्तरिय कार्यान्वय समिति बैठकका लागि ५० हजार, पीएडीएस नगर स्तरीय कार्यान्वय समिति बैठकका लागि ५ लाख, सामाजिक विकास मन्त्रालय अन्तरगत गोदावरी – ९ मा सरस्वती मावि घेरपर्खाल निर्माणका लागि ७ लाख र गोदावरी – १२ मा रहेको दुर्गा मावि कोल्मुडा भवन मर्मतको लागि ७ लाख विनियोजन गरिएको छ ।

















