खाेज्नुहाेस

धनगढीले ल्यायो १ अर्व ९३ करोडको बजेट

Image

धनगढी – धनगढी उपमहानगरपालिकाले एक अर्व ९३ करोड आठ लाख २४ हजार दुई सय १८ बजेट पेश गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उपमहानगरपालिकाले उक्त अनुमानित बजेट दशौं नगर सभामा पेश गरेको हो ।

navjiwan hospital

उपप्रमुख कन्दकला रानाले चालु तर्फ एक अर्व १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजिगततर्फ ७८ करोड ६५ लाख २७ हजार एक सय ५५ गरि एक अर्व ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को अनुमति रकम पेश गरेकी हुन् ।

attariya hospital

उपमहानगरपालिकाले आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार दुई सय १८, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र सरी आएको १२ करोड ५० लाख रकमलाई आयतर्फ विनियोजन गरेको छ ।

क्षेत्र गत कार्यक्तम अन्र्तगत आर्थिक बिकास तर्फ ९ करो ६५ लाख ९३ हजार ८ सय १७, सामाजिक बिकास तर्फ ८५ करोड ३६ लाख ५ हजार २ सय २२,पुर्वाधार बिकास तर्फ ३६ करोड ८३ लाख ७४ हजार १ सय ९४,सुसासत तथा अन्र्त सम्बन्धी तर्फ ५ करोड ६५ लाख ५५ हजार ५९, कार्यालय सञ्चालन तर्फ ५५ करोड ५६ लाख ९५ हजार ९ सय २६ रकम बिनियोजन गरेको छ ।