खाेज्नुहाेस

गोदावरीको बजेट आज सार्वजनिक गरिदैं

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नीति तथा कार्यक्रम एंव बजेट आज सार्वजनिक गर्ने भएको छ । नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि शुक्रबार नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गर्न लागेको हो ।

navjiwan hospital

नगरपालिकाले बिहान ११ बजे अत्तरियाको नमस्ते पार्टी प्यालेसमा नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरिने भएकाले नरपालिका र वडा कायलयको सेवा प्रवाह भने बन्द रहने जनाएको छ ।

attariya hospital

प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका सबै सेवा शुक्रबार बन्द हुने जनाएका छन । कार्यालय बन्द भएपनि कमएचारीहरुलाई भने आफ्नो तालुक कार्यालयमा हाजिर भएर मात्रै नगरसभामा सहभागि हुन भनिएको छ ।