खाेज्नुहाेस

गोदावरीमा नदीजन्य पदार्थको रोयल्टीबाट साढे ४ करोड राजस्व संकलन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको रोयल्टीबाट करिब साढे ४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । रोयल्टी संकलनका लागि ठेक्कामा नगएपछि नगरपालिकाले आफै राजस्व संकलन गर्दा चालु आर्थिक बर्षमा ४ करोड ४८ लाख ३५ हजार ७५० रुपैयाँ राजस्व संकलन भएको हो । नगरपालिकाले पुष ५ गते देखि जेठ मसान्त सम्ममा उक्त रकम राजस्व संकलन गरेको नदीजन्य पदार्थको राजस्व संकलन समितिका संयोजक गणेश पनेरुले बताए ।

नगरपालिकाले असोज देखि जेठ समान्त सम्म ठेक्का मार्फत नदीजन्य पदार्थको रोयल्टी संकलन गर्दै आइरहेको भएपनि यस बर्ष आह्वान गरेको बोलपत्रमा कसैले पनि आवेदन नदिएपछि नगरपालिकाले आफै कर्मचारी खटाएर राजस्व संकलन गरेको थियो ।

attariya hospital
navjiwan hospital

नगरपालिकाले गोदावरीले खुटिया, खैराना र गोदावरी नदीबाट नदीजन्य पदार्थ संकलन गरेबाफत रोयल्टी उठाउँदै आएको छ । चालु आर्थिक बर्षमा भने नगरपालिकाले ५ पटक बोलपत्र आह्वान गर्दा पनि ठेकेदान पाएको थिएन ।

नगरपालिकाले नदीजन्य पदार्थ विक्रि शुल्क संकलनका लागि चालु आर्थिक बर्षमा पहिलो पटक भदौ ५ गते बोलपत्र आह्वान गरेको थियो । ३ महिना सम्म ५ पटक बोलपत्र आह्वान गर्दा पनि ठेकेदारले चासो दिएनन् । नगरपालिकाले पाँचौ पटक ४ करोड मात्रै न्यूनतम रकम राखेर बोलपत्र आह्वान गरेको थियो । उक्त रकम भन्दा नगरपालिकाले आफै राजस्व संकलन गर्दा ४८ लाख बढी राजस्व संकलन भएको छ ।
यसअघि आर्थिक बर्ष २०७७÷०७८ मा पनि नगरपालिकाले कोरोना महामारीका कारण ठेकेदार नपाएको भन्दै आफैले नदीजन्य पदार्थको बिक्रि शुल्क उठाएको थियो । जसमा ३ करोड राजश्व संकलन भएको थियो ।

गत आर्थिक बर्ष २०७८/८९ मा भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरले नदीजन्य पदार्थको रोयल्टी उठाउने ठेक्का पाएको थियो । नगरपालिकाले गोदावरीका तिन वटा खोला खुटिया, खौराना र गोदावरी नदीकोे नदीजन्य पदार्थ बिक्रि शुल्कका लागि न्युनतम ५ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा उक्त कम्पनीले बढीवढावमा ६ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँमा ठेक्का पाएको थियो ।

यस बर्ष नगरपालिकाले आफै राजस्व संकलन उठाउँदा केहि समय विवादीत बनेपनि नगरपालिकाले नै चालु आर्थीक बर्षमा आफैले बोलपत्र आह्वान गर्दा राखेको न्यूनतम रकमभन्दा बढी संकलन भएको छ ।