गर्मीका फाइटर : आम्दानी घट्दा चिन्तित

अत्तरिया – पछिल्लो केही दिन यता पश्चिम तराइका जिल्लाहरुमा चर्को गर्मी बढेको छ । लामो समय देखि बर्षा नहुँदा यस क्षेत्रमा अत्याधिक गर्मी बढ्न पुगेको हो । हरेक चुनौतीका पछाडी अवसर हुन्छ भनेझै चर्को गर्मीले पनि केही मानिसहरुलाई अवसर दिएको छ । त्यो हो आइसक्रिमको व्यापार । गर्मी बढेपछि अहिले बजारमा आइसक्रिमको व्यापार गर्नेहरु ह्वातै बढेका छन् । आइसक्रिम व्यवसायीहरु आफू चर्को गर्मी संग लडेर भएपनि गर्मीमा शीतल दिने आइसक्रिम बेच्न तछाडमछाड गरिरहेका छन् ।

maya metro hospital

पछिल्लो समय कैलालीको अत्तरिया बजारमा मात्रै करिब डेढ सयको हाराहारीमा मानिसहरु ठेलागाडीमा आइसक्रिम बेच्ने गरेका छन । जसमा युवा देखि जेष्ठ नागरिक सहभागि छन । पछिल्लो सयम यस व्यवसायमा धेरै मानिसहरु सहभागि हुँदा दैनिक हुने व्यापार भने घटेको छ ।

joshi vada pasal 2

अत्तरियाका ७० बर्षीय नर बहादुर बमले अहिले धेरै आइसक्रिम बेच्ने मानिस बजारमा आएकाले व्यापार घटेको बताए । ‘पहिले दैनिक ढाइ देखि ३ हजारको आइसक्रिम बिक्रि हुन्थ्यो । आजभोलि हजार बाह्र सयको पनि बिक्रि हुँदैन’ उनले भने ‘कम्पनीले बिक्रीको ३० प्रतिशत दिन्छ । १ हजारको बिक्रि भए ३ सय हुन्छ ।’ उनले कोरोना पछि आइसक्रिमको व्यापार घटेको बताए । मानिसहरुसंग पैसा सकिएर पनि यसो भएको हुनसक्ने उनको अनुमान छ ।

उनले आइसक्रिमको खासै मुल्य नबढेको बताए । उनले ठेलागाढामा १० देखि ६० रुपैयाँ सम्मका आइसक्रिम बेच्ने गरेको बताए । उनले आइसक्रिमको व्यापार गर्मी समयमा बढी हुने भएपनि आफू भने बाह्रै महिना आइसक्रिम बिक्रि गर्ने गरेको बताए । उनले भने ‘मलाई यो ठाउँका मान्छे बाह्रमासे हौ भन्छन् । मेरो रोजिरोटी यही छ । हिउँदमा यसै ठेलागाडीमा हिउँदमा बिक्रि हुने सामान राखेर बेच्ने गर्छु ।’

अत्तरियाका गणेश घर्तिमगरले बजारमा ठेलागाडी धेरै भएकाले व्यापार कम भएको बताए । ‘बिक्रिमा ३० प्रतिशत मात्रै हामीलाई पाइन्छ’ उनले भने ‘अत्तरियामा शामा, पुर्णागिरी, मिल्की, गोदावरी लगायतका कम्पनीले आइसक्रिम बिक्रि गर्ने गरेका छन ।’ उनले बजारमा धेरै आइसक्रिमका ठेलागाडी भएपछि धेरै मानिसहरु गाउँतिर पनि आइसक्रिम बेच्न पस्ने गरेको बताए ।

‘गर्मीमा बढी आइसक्रिम बिक्री हुने गरेको भएपनि दिउँसोको समयमा मानिसहरु बजारमा कम आउने भएकाले बिक्रि कम हुन्छ । साँझ बिहान नै यसको बिक्रि बढी हुन्छ’ उनले भने ‘गर्मीमा बढी व्यापार हुने अपेक्षा गरेपछि अहिले फागुन, चैतको तुलनामा व्यापार घटेको छ ।’ आइसक्रिमका ठेलागाडी धेरै भएकाले बिक्री घटेको उनको अनुमान छ ।

डोटी शिखर नगरपालिकाका जयराज भट्टले किन्ने कम बेच्ने धेरै भएकाले व्यापार घटेको बताए । ४ बर्ष देखि आइसक्रिमको व्यापार गर्दै आएका उनले कोरोनाको बर्ष व्यापार गर्न नपाएको बताए । उनले बिहान १० बजेदेखि साँझ सम्म आइसक्रिम बिक्रि गर्ने गरेको बताए । ‘आइसक्रिम घाममा डुलाएर बिक्रि गर्ने काम निकै गाह्रो हो’ उनले भने ‘आइसक्रिमले गर्मीमा खानेमान्छेलाई केही राहत दिन्छ । त्यसैमा हामी सन्तुष्ट छौ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.