बजेटमा पनि समेटियो अत्तरियामा बन्ने चिडियाखाना र मोनोरेल

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको छ । सरकारका आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले शुक्रबार बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

maya metro hospital

उनले आगामी आर्थीक बर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार विनियोजन गरिएको बताए । जसमा चालुतर्फ ९ अर्व ५९ करोड ६० लाख २ हजार अर्थात ३२ दशमलव ७९ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै पुजिगत तर्फ १७ अर्व २ करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत विनियोजन गरिएको छ । अन्तरसरकारी वित्तीय व्यवस्थापनतर्फ २ अर्व ३४ करोड ७५ लाख ७० हजार विनियोजना गरिएको छ ।

joshi vada pasal 2

बजेटमा यसअघि प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेर चर्चा पाएको मोनोरेल र चिडियाखानाको विषय पनि समावेस गरिएको छ । दुवै योजनाका लागि बजेट विनियोजन गरिएको जनाइए पनि रकम खुलाइएको छैन ।

सरकारका आर्थिक मामिलामन्त्री शाहीले सार्वजनिक निजी क्षेत्र साझेदारीको अवधारणा अन्तरगत गोदावरी अत्तरिया धनगढी चौराहा सडक खण्डमा मोनोरेल सेवाको सम्भाव्यता अध्ययनका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

यस्तै बजेटमा कैलालीको अत्तरियामा रुख विरुवा कम भएको तथा अतिक्रमणको जोखिम रहेको वन क्षेत्रमा संघ सरकारसंगको समन्वयमा प्रदेशस्तरीय चिडियाखाना स्थापनाको कार्य अगाडी बढाउने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार : सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.