खाेज्नुहाेस

बजेटको तयारी गर्दै स्थानीय तह

Image

महेन्द्रनगर – कञ्चनपुरका स्थानीय तहहरु आगामी आर्थिक वषको बजेट निमार्णको तयारीमा जुटेका छन । यहाँ रहेका सात वटा नगरपालिका र दुईवटा गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनौट गर्नमा व्यस्त छन । वडाका जनप्रतिनिधि अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी वडाका योजना बनाउन व्यस्त छन् ।

यहाँको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले अहिले बस्ती स्तरमा भेलाबाट योजना छनौट भइरहेको बताए । ‘असार १० गतेको नगरसभाबाट बजेट ल्याउने गरि काम गरिरहेका छौ’ उनले भने ‘यस पटक हामीले स्थानीय स्रोत साधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिएका छौ ।’ उनले नगरपालिकाले यस पटक रोजगार केन्द्र स्थापना गर्ने बताए ।

attariya hospital
navjiwan hospital

भीमदत्त नगरपालिकाले पनि असार ७ गतेको नगरसभाबाट बजेट ल्याउने तयारी गरेको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले नगरपालिकाले सबै वडामा बस्ती भेला सकेर भेलाबाट आएका योजनाहरु वडा समिति मार्फत नगरसभामा पठाउने काम भइरहेको बताए ।
‘अहिले बस्ती भेलाबाट आएका योजनाहरु प्राथमिकताका आधारमा सभामा पठाउने काम भइरहेको छ’ उनले भने ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकताका आधारमा आगामी वर्षको बजेटमा समावेश गरिन्छ ।’

दोधारा चादनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले असार १० गतेभित्र आगामी वर्षकामे बजेट ल्याउने तयारी भइरहेको बताए । उनले अहिले सबै वडाहरुमा टोल भेलाबाट योजना छनौट भइरहेको बताए । ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याउने तयारीमा छौ’ उनले भने ‘विगतको तुलनामा यस पटकको बजेट फरक हुन्छ ।’ बस्ती भेलामा सहभागीहरुले जनप्रतिनिधिसँग विभिन्न गुनासा राख्ने गरेका छन । सामान्यता वडाबासीहरुले सीपमुलक तालीम ,सडक निमार्ण,ढल निकास,विद्युतका समस्या लगायतका विषयहरु उठाउने गरेको जनप्रतिनिधिहरु बताउँछन ।

स्थानीय सरकार गठन पछि विभिन्न चरणमा योजना छनौट हुने गरेको छ । बैशाख महिनाभित्र संघ तथा प्रदेशबाट बित्तिय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि मार्गदर्शन प्राप्त गर्ने र दोस्रो चरणमा बैसाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गर्ने गरिन्छ । त्यसैगरी जेठ भित्र बस्ती तथा टोल स्तरबाट योजना छनौट गरिसक्ने र, असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान रहेको छ ।