वित्तिय क्षेत्र आफैमा एक संवदनशिल त्यसैमा देशका मेरुदण्ड, बित्तिय क्षेत्रमा बित्तिय पहँुचको एक बलियो आधार लघुबित्त देशको ७५ जिल्लाको दुर्गम विपन्न बस्तिमा सरल अनि सहज कारोबारको लागि एक महत्वपुर्ण आवश्यक बित्तिय साधन हो । ग्रामिण बस्तिमा छरिएर रहेको पुँजिको संकलन संगै विभिन्न शिर्षकमा कर्जा लगानि गरि आफ्ना ग्राहकलाई सजिलो बित्तिय कारोबारमा उत्प्रेरित गराई आवद्ध गराउने तथा कारोबारमा सक्रिय बनाई आन्तरिक उत्पादनलाई प्रोत्साहन गराउने क्षेत्र हाल प्रभावकारि नियम विना रुमलिएको छ ।
वैधानिक रुपमा सरकारबाट निर्मित कानुनको अक्षरासं पालना गरि स्थापित यस्ता संस्थालाई बलियो लघुबित्त नितिसंगै व्यवस्थित पारदर्शि अनि विश्वसिलो लघुबित्त स्थापनामा भुमिका खेल्नुपर्ने निकाय नै मुखदर्शी बन्दा समाजमा पछिका पुस्तामा बित्तिय अनुशासन भंग त हुदैन भन्ने चिन्ता थपिएको छ । समाजमा परापुर्वक कालदेखि हामिले आफ्नो आर्थिक आवश्यकता विभिन्न माध्यमबाट पुर्ति गरिरहेका थियौ, गाउँको महंगो ब्याजको चंगोलमा रहेका जनतालाई केहि राहत रहोस भन्ने ध्येयले २०४७ मा लघुवित्तको अवधारणा आएको हो ।

देशको ८३ प्रतिशत जनता ग्रामिण बस्तिमा छन् । त्यस्ता वस्तीका विपन्न एवम् ईमान्दार व्यक्तिहरुको उत्थानका लागि ग्रामिण क्षेत्रमा बैंक पुग्नुपर्छ भन्दै निर्धन उत्थान बाट सुरु गरिएको लघुवित्त कार्यक्रम हाल देशभरी नै ६० लाख सदस्यको घरमा पुगेको छ । त्यस्ता व्यक्ति तथा परिवारहरुको वित्तिय शिक्षा सँगै वित्तिय पहुँचको बलियो आधार समेत लघुवित्त बनेको छ ।

आजभोलि बजारमा नक्कली लघुवित्त बिरुद्धको संघर्ष समिति गठन गरि कर्मचारिलाई आतंकित बनाई कयौन ठाउँमा कर्मचारि माथि हातपात हुनु दुःखद हो । कानुनको अक्षरासं पालन गरि लगानि गरिएको कर्जा तिर्देन भनी जनताबाट अवैध रुपमा पैसा उठाउने अनि गुम्राहामा राखि उनिहरुको आर्थिक क्रियाकलाप खलबलाई बित्तिय कार्वाहिमा राख्न खोज्नु, कमजोर लघुबित्त नितीलाई टेक्दै समाजका केहि मिटरब्याजी अनि खराब नियत भएका ब्यक्तिको कारण नेपालि जनताको आर्थिक कारोबारमा रहेको राम्रो रेकर्ड बिग्रिदै जानु दुःखद हो ।
कर्जा लगानि गर्दा दिने र लिनेमा केहि ल्याप्स भएका होलान्, त्यसको लागि हाल राष्ट्र बैंकले नितिगत व्यवस्थाबाट समाधानको बाटो खुलाएको छ । देशमा कोभिडड पछाडि ब्यापारमा केहि मन्दी आएकोमा राष्ट्र बंैकले केहि नितिगत ब्यवस्थामार्फत बैक बित्तिय संस्थाका ग्राहकलाई राहात गरिदिएको अवस्था छ । कुनैपनि क्षेत्रमा दिगो संञ्चालन गर्न कानुनको अवश्यकता पर्छ । दफा, उपदफाको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । देशका करिब २३ हजार मानिस प्रत्यक्ष रोजगारि अनि अरबौ राजस्व संगै ६० लाख परिवारलाई बित्तिय सेवा दिईरहेको क्षेत्र लघुबित्त सञ्चालनको क्रममा समय सापेक्षीक नितिहरु नबनेका होईनन् ।
अब हाम्रो लघुबित्त क्षेत्र हिजो भन्दा ठुलो भईसक्यो । दिनप्रतिदिन मान्छेका आवश्यकता बढिरहेका छन् । लघुबित्त क्षेत्रलाई दिर्घकालिन संञ्चालनसंगै देशको दिगो आर्थिक विकासका लागि सरकारले कमजोर लघुबित्त नितिलाई खारेज गर्दै बलियो लघुबित्त नितिको निर्माण गरि तत्काल लघुबित्त क्षेत्रलाई एक उचाईमा पु-याउन जरुरि छ । अब बन्ने लघुबित्त नितिमा निम्न कुरा समेट्न जरुरि छ……
१. लघुबित्तलाई सामाजिक बैंकको रुपमा अगाडि बढाई दिर्घकालिन योजना सहित कार्यान्वयन गर्ने ।
२. लघुबित्तको नाफा बाडफाँडमा लगाएको ट्रयाप हटाई कुल स्व.संञ्चालित क्षमताको आधारमा मात्र नाफा बाडफाँड गर्ने व्यवस्था मिलाउने ।
३. लघुबित्तलाई समुह मोडेल संगै ब्यक्तिगत पद्धतिमा प्रोत्साहित गरि संञ्चालन गर्ने व्यवस्था मिलाउने ।
४. लघुबित्तलाई फोर्स मर्जर नितिको व्यवस्था गरि आवश्यक संख्या कायम गर्ने ।
५. लघुबित्त क्षेत्रमा देखिएको कर्जा असुलि समस्यालाई तत्काल कानुनको व्यवस्था गरि कर्जा असुलिमा प्रभावकारि कानुनको कार्यान्वयन गर्ने ।
६. लघुबित्तलाई पुँजि बृद्धि गराई पब्लिक डिपोजिट गर्न पाउने व्यवस्था मिलाउने ।
मथि उल्लेखित बुँदाहरु लघुबित्त नितिमा ब्यवस्थापन गर्नसके अझ लघुबित्त क्षेत्रलाई प्रभावकारी रुपमा संञ्चालन गर्न सकिन्छ ।
जे होस मनिराम ज्ञवालिको मनले पनि लघुबित्त सामाजिक बैंक हो । लघुवित्तहरुको प्रभावकारिता तथा समाजको योगदानको कदर गर्दै उनले आफ्ना आन्दोलनहरु स्थगित तथा समापन गरेका छन् । यसबाट हामि सबैले लघुबित्त एक सामाजिक बैंक रहेको तथा यसको संरक्षण गरि देशको आर्थिक विकासमा सहयोग पु-याउन जरुरि रहेको छ ।

















