अत्तरिया उद्योग बाणिज्य संघको चुनावी साधारण सभा जेठ २४ गते हुने

अत्तरिया – अत्तरिया उद्योग बाणिज्य संघले चुनावी साधारण सभा यहि जेठ २४ गते हुने भएको छ । संघको बिहिवार बसेको कार्य समितिको बैठकले जेठ २४ गते चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो ।

maya metro hospital
raunak fals and silling

संघका महासचिव यज्ञराज जोशीले जेठ २४ गते बिहान ८ बजे साधारण सभा गर्ने निर्णय भएको जानकारी दिए । यसअघि अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचन २०७५ असोज १२ गते भएको थियो । उक्त समितिको कार्यकाल २ बर्षको भएपनि कोरोना लगायतका कारण देखाउँदै साधारण सभा हुन सकेको थिएन ।

joshi vada pasal 2

जसका कारण नियमित साधारण सभा नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो । सोही अनुसार प्रसाशनले जेठ २५ अगावै अधिबेशन गर्न समयसिमा दिएको थियो ।

२०७५ सालमा भएको निर्वाचनमा टिकाराम आचार्य प्यानललाई पराजित गर्दै अशोक राज देवकोटा निर्वाचित भएका थिए । हाल संघको अध्यक्षका लागि हालका वरिष्ठ उपाध्यक्ष कल्याण सिह बोहरा र उपाध्यक्ष कमल कडायतले दाबी गर्दै आएका छन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.