अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका – ३ कुचौनीमा सन्राइज बैंकको शाखा रहित सेवा सुरु भएको छ । उक्त सेवाको सोमबार एक कार्यक्रमका बीच गौरीगंगा नगरपालिका – ३ का वडा अध्यक्ष मनि राज जोशीले उद्घाटन गरेका छन ।

सन्राइज बैकले कुचौनीमा आफ्नो १०३ औं शाखा रहित बैंकिङ सेवा सुरु गरेको हो ।

बैंकको अत्तरिया शाखाका प्रमुख मातृका खड्काको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय व्यापारी, बुद्धिजिवी, समाजसेवी लगायत र अन्य कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
शाखा रहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवा अन्तरगत निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने शाखा रहित सेवा कुचैनीका प्रतिनिधि गणेश प्रसाद पौडेलले बताएका छन ।


















