अत्तरिया – कैलालीका उद्योग व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाको सावाँ व्याजको किस्ता तिर्ने सयम थप गरीदिन माग गरेका छन । ३५ वटा वस्तुगत संघहरुले शुक्रबार सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै बैंकको व्याज किस्ता तिर्ने समय थप गरी सहज रुपमा भुक्तानी गर्ने वातावरण सृजना गरिदिन माग गरेका हुन ।
यस्तै उनीहरुले अहिलेको जटिल व्यवसायिक परिस्थितिले गर्दा हुन आउने कुनै पनि व्यवसायीको धितो लिलामीलाई नसकारीदिन आम नागरिकसमाज लाई आग्रह गरेका छन ।
उद्योग व्यवसायीहरुले घर बहालका सम्वन्धमा संघ र स्थानीय निकायले तोकेको मापदण्ड अनुसार लागु गर्न र गराउन व्यवसायी तथा घरधनिमा अनुरोध गरेका छन ।
उनीहरुले घरधनीहरुलाई पछिल्लो समयमा आर्थिक संकटको मारमा परेका हुदा उद्योगी व्यवसायीकहरुको पिडा बुझी घरभाडामा विशेष छुट प्रदान गर्न पनि अनुरोध गरेका छन ।