खाेज्नुहाेस

आईपीएलमा नयाँ कीर्तिमान, १३ बलमा बन्यो अर्धशतक

Image

इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा राजस्थान रोयल्सबाट यशश्वी जयसवालले बिहीबारको खेलमा कीर्तिमानी इनिङ खेलेका छन्।

navjiwan hospital

उनले कोलकाता नाइट राइडर्सविरुद्ध १३ बलमा अर्धशतक प्रहार गर्दै कीर्तिमानी इनिङ कायम गरेका हुन्। अर्धशतक बनाउने क्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरे।

attariya hospital

यसअघि २०१८ मा केएल राहुल र २०२२ मा प्याट कमिन्सले १४ बलमा अर्धशतक बनाएका थिए। यो नै आईपीएल इतिहासको अहिलेसम्मकै छिटो अर्धशतक थियो।
उक्त खेलमा राजस्थानले कोलकाता नाइट राइडर्स ९ बिकेटले पराजित गरेको छ । १४९ रनको विजय लक्ष्य पछ्याउनले क्रममा जयसवालले अविजित ४७ बलमा ९८ रन बनाएका थिए ।