खाेज्नुहाेस

लगानी बोर्ड नेपालसँग सुदूरपश्चिम सरकारको छलफल

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार र लगानी बोर्ड नेपाल बिच छलफल भएको छ ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउन लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टसँग सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री नरेश शाही र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले छलफल गरेका हुन् ।

attariya hospital

शनिवार उनीहरु बिचमा सुदूरपश्चिमको पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा लगानी भित्र्याउने बारेमा छलफल भएको मुख्यमन्त्री शाहको निजी सचिवालयले जनाएको छ । छलफलका क्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयका सचिवहरुको समेत सहभागिता रहेको थियो ।