खाेज्नुहाेस

बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर थप एकको मृत्यु

Image

बैतडी – सिगास गाउँपालिका–२ मा बालुवाको ढिस्कोमा पुरिएर थप एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–२ धौलाडीका ६२ वर्षीय सालिभानसिंह धामीको बालुवाको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

navjiwan hospital

घाईते धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि ३३ वर्षीया राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार ढिस्कोमा पुरिँदा ४२ वर्षीय सङ्ग्रामसिंह धामी घाइते भएका छन् । धामीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

attariya hospital

मंगलबार साँझ ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्को खसेको हो । उनीहरूसँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।