अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका २ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । नगरपालिकाको वडा नं. २ तेघरीका २२ वर्षीय सुरेश भट्ट र अमृत ओलीलाई लागुऔषध खैरोहिरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।

आईतबार साझ साढे ६ बजेतिर गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा उनिहरुलाई लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक गणेश बरालले बताएका छन ।

उनीहरुबाट ४०० मिलिग्राम लागुऔषधसहित उनले बताए । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















