टीकापुर – कैलालीमा बाघको आक्रमणमा परेर एक युवक घाइते भएका छन । टिकापुर नगरपालिका – ८ श्रीलंकाका २७ बर्षीय पवन आउजीलाई शुक्रबार बिहान बाघले आक्रमण गरको हो ।

घर नजिकैको गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन । घाइते भएका आउजीको हात र बायाँ कानमा घाउँ भएको छ ।

स्थानीयले हो हल्ला गरेपछि बाघ जंगल पसेको बताइएको छ । बाघले मान्छे आक्रमण गरेको जानकारी पछि त्यहाँ स्थित शसस्त्र प्रहरी बलले घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको जानकारी दिएको छ ।


















