
अत्तरिया – कैलालीको चुरे गाउँपालिका – ६ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा चुरे गाउपालिका – ३ का ४५ बर्षीय पुष्कर सिजालीको घटनास्थलमै मृत्यु भएको हो ।
सुपप्र ०१००२ त ५२६९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । ट्याक्टर सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


















