अत्तरिया – कृषि ज्ञान केन्द्र डोटीले कृषि यन्त्र वितरण गर्ने भएको छ । कृषि ज्ञान केन्द्रले चालु आर्थिक बर्षको कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्न लागेको हो ।

जसका लागि ज्ञान केन्द्रले ईच्छुक कृषक, कृषि उद्यमी, फर्म, कृषक समुह, सहकारी सस्थाहरुलाई आवेदन पेश गर्न आग्रह गरेको छ ।
ज्ञान केन्द्रले कृषि उपकरण अन्तरगत मल्टिक्रप थ्रेसर, मिनिटिलर, विद्युतिय कर्न सेलर, बताउने पंखा, सिकेचर, आरी, त्रिपाल, मेटलबिन, पानी तान्ने मोटर, पावर स्प्रे, खाल्डो खन्ने मेसिन वितरण गर्ने जनाएको छ ।

कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख नरेन्द्र पनेरुले उक्त समग्री वितरणका लागि १५ दिन भित्र आवेदन माग गरेको बताए ।

















