डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीमा झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा खसेर एक युवती बेपत्ता भएकी छन्।

मंगलबार साँझ दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी २२ वर्षीया प्रियंका श्रेष्ठ झोलुङ्गे पुलबाट सेती नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।

बेपत्ता युवतीको खोजी तथा उद्धारका लागि प्रहरी टोलीले सेती नदी आसपासका क्षेत्रमा खोजी गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।


















