डोटी – डोटीमा लागूऔषध खैरो हेरोइन मुद्दामा कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत डोटीको २०८२ माघ २२ गतेको फैसलाले १ महिना १ दिन कैद सजाय तोकिएका जोरायल गाउँपालिका–४ खैगाड बस्ने २२ वर्षीय खेमबहादुर पुन मगर पक्राउ परेका हुन्।

फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिपायल सिलगढी नगरपालिका–६ सिलगढी बजारबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेका पुन मगरलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
















