अत्तरिया – कैलालीको टीकापुर नगरपालिकाबाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । टीकापुर नगरपालिका – १ बल्क नम्बर ११ बाट २२ बर्षीय शिशिर चौधरी लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका हुन ।


सडकमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ३ पोकामा ११० मिलिग्राम लागु औषध ब्राउन सुगर (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
