खाेज्नुहाेस

टुक्रे र व्यक्तिगत योजना अन्त्य हुनेछन् : मुख्यमन्त्री शाह

Image

अछाम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताबाट अनुमोदन भएका योजनालाई मात्र प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । अछामका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका मुख्य मन्त्री शाहले आज साँफेबगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारलाई आम नागरिकको सरकार बनाउनतर्फ आफ्नो नेतृत्व लागिपरेको बताए ।

मुख्य मन्त्री शाहले प्रदेशका योजनाका बारेमा स्थानीय सरकारलाई जानकारीबिना अब कुनै पनि योजना पास नगर्ने भन्दै सामूहिक रुपमा आएको साझा योजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गराउने बताए ।

add everest academy
attariya hospital

उनले भने,‘अब व्यक्तिगत योजना पास हुनेवाला छैनन्, वडा तहमा बढिभन्दा बढि जनताको सहभाीतामा पास भएको योजना आउनु प-यो, स्थानीय सरकारलाई गुमराहमा राखेर कुनै पनि योजना बजेट प्रदेश सरकारबाट आउने छैन,स्थानीय सरकारलाई पनि बलियो बनाउनतर्फ मेरो जोड छ,स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले आफ्ना क्रियाकलाप गर्ने छ ।’

navjiwan hospital

मुख्यमन्त्री शाहले साना साना टुक्रे योजना,व्यक्तिगत योजना र कमिस र झ्यालबाट आउने योजनाको अन्त्य आफ्नो कार्यकालमा हुने र यसका लागि कर्मचारी जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताए। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन पक्षमा कोहि कसैसँग पनि सम्झौता गर्ने बताए ।

यस्तै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले पहाडको बसाइसराई रोक्न यहाँका आधारभूत आवश्यकता परिपूर्ति गर्नतर्फ लाग्नु पर्नेमा जोड दिए । उनले यहाँको शिक्षा,स्वास्थको आधारभूत आवश्यकता र रोजगारको क्षेत्रमा विशेष योजना बनाएर अगाडि बढ्न सके मात्र बसाइसराई रोक्न सकिने बताए। यसो हुन नसके अबका केहि वर्षमा पहाडका गाउँबस्ती रित्तिने बताए ।

attariya technical collage

उनले भने,‘स्वास्थमा सहज पहुँच,शिक्षामा गुणस्तर र गाउँघरमै रोजगार,यहाँको पर्यटन प्रबर्धन,पूर्वाधार जस्ता विषयलाई जोडेर काम गर्न जरुरी छ ,तब मात्र केहि हदसम्म बसाइसराई रोकिन्छ, योजनाबद्ध तरिकाले अगाडि बढ्छौं, तपाईं सबैलेको साथ सहयोग चाहिन्छ ,यो तेरो मेरो भन्ने भावना त्यागेर हाम्रो हो भन्नेमा एक मत हुनुप-यो । अनि मात्र तपाईं हामीले चाहेको विकास सम्भव छ ।’

मन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि नयाँ सोच र योजना बनाएर अहिलेको सरकारले विकासको नमूना खडा गर्ने दावी गरे ।

Karma Consultancy