भीम रावल साँफेबगरको ‘मिसन ग्रासरुट’मा सहभागी

अछाम – नेकपा एमाले नेता तथा पुर्वउपप्रधानमन्त्री भीमबहादुर रावल पार्टीको ‘मिसन ग्रासरुट’ अभियानको अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन ।

Karma Consultancy
belauri nagarpalika

प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पार्टीका गतिविधिमा नदेखिएका रावल एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी भएका हुन् ।

citizen security services

नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले नाराबाजी गरेर उनको स्वागत गरेका थिए । रावल निर्वाचनको बेला पनि मतदान गर्नमात्र अछाम पुगेका थिए ।

attariya hospital

एमालेको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि उनी पार्टीका कुनै पनि कमिटीमा बसेका छैनन । पार्टीले पनि उनलाई कुनै जिम्मेवारी दिएको छैन् । उनी स्वतन्त्र अभिव्यक्ति दिँदै हिँडेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.