हिउँदे अधिवेशनमा जुटे अछामका स्थानीय तह

मङ्गलसेन – अछामका स्थानीय तह हिउँदे अधिवेशनमा जुटेका छन् । विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा, काम गर्दाका समस्याका बारेमा अधिवेशनका क्रममा सामूहिक छलफल गरेर पालिकाहरू नगर तथा गाउँ सभाको तयारीमा छन् ।

maya metro hospital

पञ्चदेवल विनायक, कमलबजार र साँफेबगर नगरपालिकाको हिउँदे अधिवेशनको तयारीमा छन् । यस्तै मेल्लेख, रामाारोशन, तुर्माखाँद र बान्नीगढी जयगढ गाउँपालिकाको पनि हिउँदे अधिवेशनको तयारीका जुटेका छन् ।

विनियोजित बजेटमा केही रकम हेरफेर र यसअघि सम्पन्न कामको समीक्षा गर्ने गरेर केही दिनमै हिउँदे अधिवेशनको तयारी रहेको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिए ।

attariya hospital

कामको समीक्षा, बजेटमा हेरफेर र केही कानुन बनाउने गरेर हिउँदे अधिवेशनको तयारीमा रहेको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीको भनाइ छ ।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बीसी गाउँ सभाको तयारीको क्रममा रहेको भन्दै नागरिकमैत्री कानुन, सेवा बनाउनेतिर आफू केन्द्रित रहेको भनाइ छ । रामारोशन गाउँपालिकाको केन्द्रको टुङ्गो लगाउने गरेर प्रस्ताव जाने गरेर माघ १५ पछि गाउँ सभा बस्ने बताइएको छ ।

नौवटा कार्यविधि र कामको समीक्षा गर्नेगरी गाउँ सभाको तयारी भइरहेको वान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलको भनाइ छ ।

१० स्थानीय तह रहेकोमा मङ्गलसेन नगरपालिका र ढकारी गाउँपालिकाले भने यसअघि नै हिउँदे अधिवेशन सम्पन्न गरिसकेका छन ।

मङ्गलसेन नगरपालिकाले नगर सभामा ३३ वटा विधेयक र केही प्रतिवेदन पारित गरेको प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिए ।

यस्तै ढकारी र चौरपाटीले पनि गाउँ सभा सम्पन्न गरिसकेको छ । स्थानीय तहले एउटा वर्षे अधिवेशन गरेको छ महिनाभित्र अर्को अधिवेशन गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.