खाेज्नुहाेस

प्रदेश सभा सदस्यमा १४ महिला निर्वाचित, सुदूरपश्चिममा शून्य

Image

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत १६३ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । बाजुरा र दोलखामा मतगणना जारी छ। परिणाम अनुसार प्रतिनिधि सभामा हालसम्म ८ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन् ।

navjiwan hospital

प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्रमा छन्। हालसम्मको मतपरिणाम अनुसार प्रदेशतर्फ १४ जना महिला प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । मतगणना जारी भएका जिल्लामा ठूला दलका तर्फबाट महिला उम्मेदवार छैनन् ।

attariya hospital

प्रदेश १ मा २, मधेसमा ४, बागमतीमा ५, गण्डकीमा २ र लुम्बिनी प्रदेशमा १ जना महिला निर्वाचित भएका छन् । कर्णाली र सुदूरपश्चिममा भने प्रत्यक्षतर्फ महिलाको संख्या शून्य छ ।

प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी र मनिसा खड्का, नेकपा एमालेकी शारदा थापा र सिताकुमारी सुन्दास, माओवादीकी राधिका तामाङ, कुमारी मुक्तान, पदमा जिसी र कृष्णा केसी, एकीकृत समाजवादीबाट खिन लिम्बू, वेची लुङगेली र रमा आले, राप्रपाबाट सविना बजगाईं, लोसपाबाट रानी कुमारी तिवारी र स्वतन्त्रबाट सुरिता साह निर्वाचित भएका छन् ।