धनगढी – धनगढीमा स्कारपियोको ठक्करबाट एक बालक घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–५ स्थित ऐश्वर्य चोक नजिकै स्कारपियोले ठक्कर दिदा पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीय अनिश बिक घाइते भएका हुन् ।

स्थानीयले ति बालकलाई स्कारपियोले ठक्कर दिएको बताएपनि उक्त स्कारपियोको नम्बर भने खुलेको छैन ।

ठक्कर दिने स्कारपियोको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते बालकको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।


















