खाेज्नुहाेस

चौरपाटी गाउँपालिकामा डिजिटल डिस्प्ले बोर्ड जडान

Image

अछाम – अछामको चौरपाटी गाउँपालिकामा डिजिटल डिस्प्ले बोर्ड जडान गरिने भएको छ । मालिका बिकास संघ नेपालको सहयोगमा उक्त पालिकामा डिस्प्ले बोर्ड जडान गर्न लागिएको हो ।

navjiwan hospital

जुन बोर्डमा गाउँपालिकाको नाम सहित बिभिन्न सूचना देख्न सकिने छ । उक्त बोर्ड मंगलबार एक कार्यक्रमका बिच मालिका बिकास संघ नेपालले गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

attariya hospital

युरोपियन युनियन नेपालको आर्थिक सहयोगमा मालिका बिकास संघ नेपाल मार्फत सञ्चालित परिवर्तन परियोजना अन्तर्गत गाउँपालिकाका गाउँकार्यपालिकाको कार्यालय परिसरमा आम नागरिकहरुलाई गाउँपालिका सुचनाहरु निर्वाध रुपमा प्रशारण गर्न सहयोग होस् भन्ने हेतुले हस्तान्तरण गरेको मालिका बिकास संघ नेपालका अध्यक्ष हिम बहादुर बिश्वकर्माले बताए ।

उपकरण बुझ्दै चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले मालिका बिकास संघ संग आगामी दिनमा हातेमालो गर्दै अगाडि बढ्ने बताए । उनले पालिकाका ७ वटै वडा मा पनि सो उपकरण उपलब्ध गराईदिन हुन आग्रह गरे ।