कञ्चनपुर – कञ्चनपुरमा भारतबाट अवैध रूपमा भित्र्याइएका एक लाख ३३ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ ।
बेलौरी नगरपालिका–१ स्थित फटिया सीमा इलाकाबाट सशस्त्र प्रहरी बलको टोलीले बिहीबार बिहान उक्त सामान नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल एफओबी कार्गिलडाँडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहन देव पन्तको कमाण्डमा खटिएको पाँच जनाको सीमा पैदल गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका काँचो केरा, सिद्रा माछा, डिउ र सुर्ती बरामद गरेको जनाएको छ ।
बरामद गरिएका सामानको अनुमानित मूल्य एक लाख ३३ हजार ४०० रुपैयाँ रहेको छ । नियन्त्रणमा लिइएका सामानमध्ये केही नष्ट गरिएको र केही भन्सार दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

















