अत्तरिया – कैलालीमा अवैध लागूऔषध खैरो हिरोइनसहित १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका–८ लिक्मा शिविरबाट खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ १४० मिलिग्रामसहित किशोर पक्राउ परेका हुन् ।

उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति चेकजाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ परेका किशोर सोही ठाउँका स्थानीय रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















