जनताका समस्या सुनुवाई गरियोस्

स्थानीय तहको संरचना बस्ती बस्तीमा रहेका नागरिकलाई विकासको अनुभुती हुने खालका विकास निर्माणका कार्यहरु गर्नलाई बनेको हो । नागरिकको सबै भन्दा नजिकको सरकार पनि भएकाले यसले नागरिकका पीडाहरुलाई सम्बोधन गर्नु यसको दायित्व हुन आउँछ । मानिसलाई अति आवश्यक पर्ने आधारभूत आवश्यकताहरु पुरा गर्ने जिम्मेवारी पनि स्थानीय सरकारको हो ।

नेपालमा संघियतामा गएको ५ बर्ष पुरा भएको छ । विगत ५ वर्षको अवधीमा हेर्दा नागरिकले अपेक्षा अनुसारको विकासको अनुभूती भने सोचेअनुसार गर्न पाएका छैनन् । स्थानीय तहका प्रमुखको शहर केन्द्रित सोचले नगरकै केही स्थानलाई समेट्न नसकेको पाईन्छ । २०७२ सालको संबिधानले देश संघिय संरचना गएपछि २०७४ सालको निर्वाचन पश्चात यो कार्यान्वयनमा गएको थियो । देशका विभिन्न स्थानीय तहहरुले पालिका प्रमुख पाएका थिए । तर पालिका प्रमुखले पनि जनगुनासोलाई सम्बोधन गर्न नसक्दा यहाँ विकासबाट नागरिक बञ्चित बन्न पुगेका छन ।

joshi vada pasal 2
bishal shuit house

कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको दक्षिण कटान बस्तीमा केही दिन अघि मात्रै बिजुली बत्ति पुग्यो । यसअघि पनि स्थानीय सरकार समक्ष उनीहरुले बिजुलीका लागी माग राखेपनि उनीहरुको सुनुवाई हुन सकेको थिएन । नागरिकहरुले पटक पटक स्थानीय पालिका प्रमुख सँग गुनासो राख्दा पनि सुनुवाई हुन नसकेको भन्दै निराशा व्यक्त गर्छन, सरकारले कानमा तेल हालेर बस्छ । जसले गर्दा नागरिकको सरकारप्रतिको विश्वास दिनानुदिन कम हुदै गईरहेको अवस्था छ ।

तर, अब सरकारले अवस्था फेर्नुपर्छ । नागरिकका गुनासा, समस्या र विकास निर्माणका अवधारणाहरुलाई द्रुत गतीमा समाधान गर्ने तर्फ अवको स्थानीय सरकारले तत्परता देखाउनुपर्दछ । नागरिकको भोटले नै गुनासा सुन्ने तहमा पुग्न सकेका व्यक्तिले पार्टीगत भन्दा पनि समाजका नागरिकलाई सबै भन्दा पहिलो प्राथमिकता दिनुपर्दछ । पार्टीगत तथा नेता कार्यकर्ताहरुको भरणपोषण गर्ने माध्यम पालिकालाई बनाउनु हुदैन । चुनावको अवधी सम्म पार्टीगत रुपमा लागेको उम्मेदवारले विजयी पश्चात सबैलाई समान व्यवहार गर्न सक्नुपर्दछ ।

maya metro hospital

राजनीतिकै कारण पाउनुपर्ने विकासबाट नागरिक बञ्चित हुनुहुदैन । नागरिकले पाउने हर किसिमका सेवा सुविधाहरुलाई सहज रुपमा उपलब्ध गराउन समक्ष स्थानीय तहको नेतृत्वले नै आगामी दिनहरुमा पनि नागरिकको साथ र समर्थन पाईराख्ने कुरामा दुई मत छैन । त्यसैले नेतृत्व तहमा रहेको व्यक्तिले वर्तमानलाई नभई भविष्यलाई पनि अंगीकार गरी अगाडी बढ्न आवश्यक छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.