डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालय, पर्सेरावलकी बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

बोहराले उत्तर प्रदेश, माध्यमिक शिक्षा परिषद भारतबाट हाई स्कूल परीक्षा पास गरेको भनी मार्कसिट, सर्टिफिकेट र प्रोभिजनल प्रमाणपत्रसहितका नक्कली प्रमाणपत्र पेस गरेर भगवती प्राथमिक विद्यालय (तत्कालीन आधारभूत विद्यालय) मा नियुक्ति लिएकी अख्तियारको दाबी छ ।


















