खाेज्नुहाेस

असई खडायत बने साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

Image

धनगढी– प्रहरी सहायक निरीक्षक (असई) लोकबहादुर खडायत २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरले उनलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

navjiwan hospital

कार्यालयले तोकेको जिम्मेवारी, विभिन्न तालिमहरूमा उत्कृष्ट प्रशिक्षकको रूपमा खेलेको भूमिका तथा संगठनको नियम र अनुशासनलाई राम्रोसँग पालना गरेर उच्च व्यावसायिकता देखाएकाले सम्मान गरिएको जनाएको छ ।

attariya hospital

कैलालीको गोदावरी नगरपालिका वडा नं. २, अत्तरिया स्थायी घर भएका खडायत २०७६ सालमा असई पदमा सेवा प्रवेश गरेका हुन् । उनी विगत दुई वर्षदेखि नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा काम गर्दै आएका छन् ।