खाेज्नुहाेस

गठन भएको १० दिनमै सुदूरपश्चिम सरकार ढाल्ने चेतावनी

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार नेकपाकै सांसदले ढाल्ने चेतावनी दिएका छन ।

navjiwan hospital

सरकार बनेको बनेको १० नेकपा प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले ढाल्ने चेतावनी दिएका हुन् । ‘अहिले प्रदेशमा लाल सरकार छ,’ टीकापुर विद्रोह दिवसमा बोल्दै नागरिक उन्मुक्ति पृष्ठभूमिका नेकपा सांसद चौधरीले भने, ‘हामी प्रदेशमा सात जना छौँ । हाम्रै सहयोगमा प्रदेशमा लाल सरकार बनेको छ । थारु बहुल क्षेत्रमा पर्याप्त विकास बजेट नदिए लाल सरकार ढाल्न पनि सक्छौँ ।’

attariya hospital

प्रदेश सरकारले थारु बहुल क्षेत्रमा विकास र सर्वसाधारणको जीविकोपार्जनका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने प्रदेश सांसद चौधरीले बताए ।