खाेज्नुहाेस

पुस्पराज कुँवर टिमले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता

Image

धनगढी – कैलाली उधोग बाणिज्य संघको आगामी नेतृत्वका लागी बर्तमान अध्यक्ष समेत रहेका पुस्पराज कुँवरले आफ्नो टिम घोषणा गरेका छन् । अधिकासं पुरानै अनुहारलाई दोहो¥याउँदै कुँवरले सोमबार टिम घोषणा गरेका हुन् ।

३ बर्षे कार्यकाल सम्पन्न गरिसकेका कुँवरले कोरोना कहरका कारण काम गर्न नसकेको भन्दै दोहोरिने इच्छा राखेका हुन् । उनले बर्तमान कार्यसमितिको टिमलाइनै निरन्तरता दिदै केही नयाँ अनुहार थपेका छन् । कुँवर टिमले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

attariya hospital
navjiwan hospital

जसमा ब्यवसायमा देखिएको अस्वस्थ प्रतिस्प्रधा अन्त्यका लागी पहल गर्ने, चर्को घरभाडाका सवालमा स्थानिय सरकारसंग समन्वय गरी त्रिपक्षिय सम्झौताको खाका तयार गर्न पैरवी गर्ने, राज्यका सरोकारवाला निकाय, कर, भन्सार, पुलिस प्रशासन र बित्तिय संस्थासंग मैत्रिपुण वातावरणका लागी कैलाली उधोग बाणिज्य संघमा अनलाइन हेल्प डेस्कको स्थापना गर्ने, साना ब्यवसायको शुरक्षा र प्रबद्र्धनका लागी स्थानिय सरकार र बित्तिय संस्था संग समन्वय र सहकार्य गर्ने र ब्यवसाय र ब्यवसायीलाई डिजिटल माध्यमबाट जोडी परामर्श दिन डिजिटल मञ्चको स्थापना गर्ने प्रतिवद्धता गरिएको छ ।

त्यस्तै मास ब्यवसायिक बिमाका लागी पहल तथा पैरवी गर्ने, दक्ष जनशक्तीका लागी जनशक्ती बैकंको स्थापना गर्ने, अनुसन्धान सहित ब्यवसाय सञ्चालन गर्न निशुल्क वा सशुल्क तालिम सञ्चालन गर्ने, नवसञ्चालित ब्यवसायका लागी रणनैतिक समस्या समाधान, बजार ब्यवस्थापन र प्रचार प्रसार गर्न हेल्प डेस्कको स्थापना गर्ने, सुचनाको अभावका कारण परेको ब्यवसायीक दुबिधा समाधान गर्न अभिमुखीकरण कार्यक्रमको ब्यवस्था गर्ने र ग्राहक सम्बन्ध ब्यवस्थापन, उद्यम संसाधन योजना र ब्यवस्थापनका लागी दक्ष तालिमकताृबाट सशुल्क तालिमको ब्यवस्थापन गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

कुँवरको प्यानलबाट बर्तमान उपाध्यक्ष रहेका पुस्कर ओझा बरिष्ठ उपाध्यक्षमा भिड्दै छन् । यस्तै एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिमराज ओझा र सचिवमा सुरेश पाण्डेय उम्मेदवार रहेका छन् ।

सदस्यहरुमा तिलक बहादूर बोहरा, श्यामराज जोशी, प्रकाश कुमार चन्द, बाशुदेव भट्ट, शुरेन्द्र कुमार बोहरा, कपिन पन्त, शम्भु लामिछाने, तुलसी गौतम, लोकराज भट्ट, शन्तोस लामिछाने, रवि कुँवर, कोलिा कुँवर, राधिका चौधरी, कुष्ण कुमारी बिष्ट, विवेक सर्मा, मिलन कुँवर, रुपेस खड्का र सुरेन्द्र बहादूर कठायत उमेदवार रहेका छन् ।