अत्तरिया – कैलाली उद्योग वाणिज्य संघको मतगणना जारी रहेको छ । पछिल्लो अपडेट अनुसार ४ सय मतगणना हुँदा अध्यक्षमा पुष्पराज कुँवरले अग्रता लिएका छन ।
उनले २४५ मत ल्याउँदा उनका प्रतिद्धन्द्धि सुरेन्द्र राठीले १ सय ३१ मत ल्याएका छन ।

कैलाली उद्योग वाणिज्य संघको नेतृत्वको लागि शनिबार मतदान भएको थियो । संघको नेतृत्वको लागि कुँवर र राठी प्यानल सहित चुनावी मैदानमा छन । निर्वाचनमा १६१२ जना मतदाता रहेकोमा १ हजार ९५ मत खसेको थियो ।
