अत्तरिया – कैलालीको अत्तरियामा स्मार्ट फर्निचर शोरुम संचालनमा आएको छ । अत्याधुनिक सुविधा सम्पन्न फर्निचर पाइने महेश्वरी मल्टी ट्रेड एण्ड सप्लायर्स नामक फर्निचर शोरुम सञ्चालनमा ल्याइएको हो ।

उक्त फर्निचर शोरुममा अन्य फर्निचर भन्दा एडभान्स फर्निचर पाइने दाबि गरिएको छ । महेश्वरी मल्टी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक थानेश्वर जोशीले अत्तरियामा नयाँ किसिमका फर्निचर उपलब्ध गराउने उद्देश्यले शोरुम संचालनमा ल्याएको बताए ।

‘बजारमा अहिले धेरैजसो प्लाई उड बाट बनेको फर्निचर पाइने गरेको छ’ उनले भने ‘हामीले फर्निचरमा पार्टीकल बोर्ड प्रयोग गरेर निर्माण गरेका छौ । जसको बारेन्टि नै १० देखि १५ बर्ष सम्मको हुन्छ ।’ उनले आफूहरुले प्रयोग गर्ने पार्टीकल बोर्ड अन्तराष्ट्रिय गुणस्तरको भएको बताए ।

उनले फर्निचर शोरुममा करिब १ करोडको लगानी लागेको बताए । उक्त शोरुममा उपलब्ध हुने फर्निचर धनगढीको आलोक मल्टी कन्सर्न प्राली संगको साझेदारीमा तयार हुने जोशीले बताए ।फर्निचर शोरुममा अफिसियल, होम डेकोरेसनका सबै समान उपलब्ध हुने बताइएको छ ।
महेश्वरी मल्टी ट्रेड एण्ड सप्लायर्स बिहिबार एक कार्यक्रमका बिच अत्तरिया उद्योग बाणिज्य संघका उपाध्यक्ष कल्याण सिह बोहराले उद्घाटन गरेका थिए । उनले अत्तरियामा नयाँ प्रकारका स्तरीय फर्निचर उपलब्ध गराउन शोरुम संचालनमा आउनु खुसिको कुरा भएको बताए ।
