खाेज्नुहाेस

गोदावरीमा ११ मा तेहोरो भिडन्त, स्वतन्त्रको भोट कांग्रेसलाई (भिडियो सहित)

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ३ मा तेहोरो भिडन्त हुने देखिएको छ । उक्त वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवार नउठाएको भएपनि नेकपा एकीकृत समाजवादी, नेकपा एमाले र स्वतन्त्र बिच कडा प्रतिस्प्रधा हुने देखिएको छ ।

वडामा एकीकृत समाजवादीबाट २०७४ सालको चुनावमा वडा अध्यक्ष चुनिएका शिव बहादुर विक, एमालेबाट २०७४ सालको चुनावमा वडा सदस्यमा चुनिएका भीम बहादुर विक र स्वतन्त्रबाट प्रेम बडैला चुनावी मैदानमा छन । बडैला नेपाली कांग्रेस गोदावरी नगर समितिका उपाध्यक्ष हुन । वडामा गठबन्धन गर्न नहुने बताउँदै आएका बडैलालले स्वतन्त्र उम्मेदवारी दिएका छन । वडैला स्वतन्त्र उठेपनि उनलाई कांग्रेसको साथ रहेको छ ।

attariya hospital

बडैलाले आफ्नो जितको आधार जनता भएको बताए । उनले आफूले एक्कासी आएर उम्मेदवारी दिएको नभएर लामो समय देखि यस क्षेत्रको सामाज सेवामा लागेको बताए । ‘म २०४६ सालदेखि राजनीतिमा लागेको मान्छे हो । मैले यस क्षेत्रमा गरेका कामको जनताले मुल्याङ्कन गर्नुहुन्छ । उनले गोदावरीमा ११ मा अन्यायमा परेका जनतालाई न्याय दिन आफुले उम्मेदवारी दिएको बताए ।

उनले आफुले मुख्य रुपमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई युवा र महिलाका समस्या सामाधान गर्न उम्मेदवारी दिएको बताए । उनले जेष्ठ नागरिकले भत्ता लिन र विद्युतको महशुल तिन अत्तरिया जानुपर्ने हुँदा समस्या भोग्ने गरेकाले त्यसको सामाधानका लागि आफूले पहल गर्ने बताए । अहिले चुनावी प्रचारलाई तिव्रताका साथ अगाडी बढाएको उनले बताए ।

‘हामीले साविकका वडाहरुमा टोल कमिटी गठन गरेका छौ’ उनले भने ‘मत बदर हुन नदिनका लागि हामीले प्रत्येक घरमा पुगेर मतदान गर्न सिकाइरहेका छौ । पहिले रुख चिन्हबाट लडेपनि अहिले स्वतन्त्रमा लड्दा खरायो चुनाव चिन्ह पाएकाले हामीले टोल शिक्षा दिएर अगाडी बढेका छौ ।’ उनले नेपाली कांग्रेसले गरेको निर्णयको बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

‘हिजो हारेको वडामा पुनः जसले जितेको छ त्यसैलाई भोट हाल्ने परिस्थिति बन्ने देखेपछि कांग्रेस पार्टीका विरुद्ध उम्मेदवारी दिएका हौ’ उनले भने ‘हामीले सम्पुर्ण वडाका कांग्रेस साथिहरुले राजीनामा दिएर वडामा उम्मेदवारी दिएका छौ ।’

उनले मेयरमा भने रुखमा भोट हाल्ने बताए । उनले आफू स्वतन्त्र उम्मेदवार भएकाले नेपाली कांग्रेसको प्रचार प्रसार नगरेपनि मेयरमा भने बिरेन्द्र भट्टलाई भोट हाल्ने बताए । उनले वडामा आफ्नो जित सुनिश्चित रहेको बताएका छन ।

navjiwan hospital

दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा उम्मेदवारी दिएका विकले आफूले ५ बर्षे कार्यकालमा धेरै काम गरेकाले दोहरीएर उम्मेदवारी दिएको बताएका छन ।

‘म जित्नेमा ढुक्क छु किनभने मैले ५ बर्षे कार्यकालमा जुन काम गरे सबै जनता संग परिचित हुने मौका पाएको छु । यहाँको सबैभन्दा ठूलो माग भनेको खानेपनी हो । खानेपानी प्रत्येकको घर घरमा पुगाएको छु । हाम्रो वडामा सडक संजाल थिएन । गाइगोरु हिड्ने गुहान भन्थे यहाँ । अहिले पूर्ण रुपमा प्रत्येक टोल टोलमा सडक पुगाएको छु । त्यसैले हाम्रो जित्ने सम्भावना सयमा सय छ ।’

उनले आफू ‘युवा स्वरोजगार र शिक्षामा सुधार’ भन्ने नाराका साथ चुनावमा होमिएको बताए । ‘विकासका धेरै पुर्वाधार तयार भएकाले अब हाम्रो जोड रोजगारी श्रिजना गर्ने हुन्छ’ उनले भने ‘अब हामीले भारतमा पलायत हुने युवालाई रोक्छौ ।’ उनले अघिल्लो घोषणा पत्रमा बोलेका सबै काम पुरा गरेको बताए । उनले वडामा माओवादी र एकीकृत समाजवादी विच गठबन्धन भएको बताए ।

वडा अध्यक्षका उम्मेदवार एमालेका भीम बिकले एमालेबाट आफू सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवारी बनेको बताए । उनले ३ सयको संख्यामा सहभागि भएर घरदैलो अभियान गरिरहेको बताए ।

‘हामीले वडामा शिक्षालाई सबैभन्दा प्रहिलो प्राथमिकतामा राखेको छु । शिक्षाको सुधारका लागि हामीले बिभिन्न योजना अगाडी सारेका छौ’ उनले भने ‘यस क्षेत्रमा भएका ग्राबेल सडक कालोपत्रे गर्ने हामीले योजना अगाडी सारेका छौ । बाटो नभएका ठाउँमा बाटो खोल्ने छौ । स्वास्थको सुधारका लागि पनि हामीले योजना अगाडी सारेका छौ ।’ उनले वडामा एम्बुलेन्स सेवा निःशुल्क गर्ने बताए ।

उनले कसैको मासुभातको चोक्टामा बिक्री नभएर व्यक्ती चिनेर भोट गर्न आग्रह गरे । ‘मलाई वडा अध्यक्षमा जिताएको खण्डमा मैले यस क्षेत्रमा भ्रष्टाचारको ‘भ’ पनि आउन दिने छैन’ उनले भने ‘मैले ५ बर्ष वडा सदस्यमा रहदा मैले १ रुपैया पनि भ्रष्टाचार गरेको छैन । मैले कार्यक्रममा गरेर बचेको पैसा फिर्ता गरेको थिए ।’ उनले युवा स्वरोजगार, एकल महिला, अपाङ्गता भएका क्षेत्रका जनताका लागि विशेष योजना बनाएर अगाडी बढ्ने बताए ।

वडा नम्बर ११ मा यसअघिको चुनावमा अध्यक्षमा नेकपा एमाले बिजयी भएको थियो । पछि नेकपा एमाले विभाजन हुँदा वडा अध्यक्षमा विजयी शिव बिकले एकीकृत समाजबादी रोजेका थिए ।