खाेज्नुहाेस

काठमाण्डौंमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

Image

काठमाडौं – आगामी जेठ १९ गतेदेखि राजधानीमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी, २०२२ को आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा आगामी जेठ १९ गतेदेखि २३ गतेसम्म चार दिन काठमाडौंको भृकुटीमण्डपमा ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ आयोजना हुने भएको हो ।

navjiwan hospital

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।

attariya hospital

महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङको संयोजकत्वमा ‘प्रदर्शनी आयोजक समिति’ गठन गरी मेलाको तयारी समेत शुरु भइसकेको छ ।

मेलामा स्वदेशी हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरु प्रदर्शन गरिनुका साथै त्यस्ता उत्पादनहरुको प्रवर्द्धनात्मक कार्यक्रम समेत चलाइने मेलाको मुल आयोजक समितिले जनाएको छ ।