कञ्चनपुर – कञ्चनपुरमा खैरो हेरोइन सहित एक किशाेर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–९ स्थित जिरो पोइन्टमा सडकमा हिँडिरहेका एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ चेकजाँच गर्दा किशोरको साथबाट १२ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


















