अत्तरिया – सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ । मंगलबार साँझ बसेको प्रदेशसभा बैठकले बजेट पारित गरेको हो ।

बजेट पारित भएपनि मंसिर भित्र पूरक बजेट ल्याउने सहमति भएको छ ।

मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा छुटेका विषय तथा विवादित योजनालाई सम्बोधन गर्न पूरक बजेट ल्याउने निर्णय गरेको थियो ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट जनपक्षीय नभएको भन्दै प्रदेशसभा बैठक बहिस्कार गरेको छ ।
















