कञ्चनपुर – कञ्चनपुरमा लागूऔषध खैरो हेरोइन सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

सोमबार साँझ भीमदत्त नगरपालिका–११ स्थित ब्यारल चेकपोस्टमा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका भारतको पिलिभित न्युरिया कलौनीका ३२ वर्षीय अमित हलदरलाई पक्राउ गरेको हो।

शङ्का लागेर जाँच गर्ने क्रममा हलदरको साथबाट ०.१० ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित नियन्त्रणमा लिइएका हलदरमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


















