कञ्चनपुर – कञ्चनपुरमा दिसामार्फत बाहिर निकालिएको १०.४२ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीलाई लागूऔषध उक्त खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले चौधरीलाई आइतबार भीमदत्त नगरपालिका–९ झिलाबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएको थियो ।

प्रहरीका अनुसार सोमबार बिहान ६ः३० बजे चौधरीले दिसामार्फत बाहिर निकालेको कालो प्लास्टिकभित्र चारवटा पुडियामा रहेको पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताए ।




















