अत्तरिया – गोदावरीको निर्माणाधिन भवन पुनः उद्घाटन गर्ने ६ राजनीतिक दलले घोषणा गरेका छन । गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले निर्माण नभइ भवनको उद्घाटन गरेको भन्दै ६ दलले भवन निर्माण सम्पन्न भएपछि पुनः उद्घाटन गर्ने घोषणा गरेका हुन ।
सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सयुक्त पत्रकार सम्मेलन गर्दै नगरपालिकाको निर्माणाधिन भवन उद्घाटन गरिएको भन्दै बिरोध जनाएका छन ।

नेपाली कांग्रेस गोदावरी नगर समितिका सचिव एवम् प्रवक्ता अशोक राज देवकोटाले भवन उद्घाटन गर्ने सूचना पाएपछि एक दिन अगाडी नै कांग्रेसले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको बताए ।
‘हिजो नै नगरप्रमुखले प्रधानमन्त्रीको फोन आएपनि काम रोक्दैन भनेका थिए’ उनले भने ‘अब वहाहरुले भ्रम पनि छर्न सक्नुहुन्छ । भवन हामीले उद्घाटन गर्यौ । राजनीतिक दलले बिरोध गरे भनेर । तर हाम्रो मान्यता भनेको भवन वहाँहरुकै पालामा बन्न सुरु भएपनि निर्माण सम्पन्न भएपछि उद्घाटन गरिनु पछै भन्ने हो ।’ उनले आफ्नो नाम भित्तामा टास्न हतार भएर हतारमा भवन उद्घाटन गरिएको बताए ।
पत्रकार सम्मेलमा बोल्दै नेकपा माओवादी केन्द्र गोदावरी नगर अध्यक्ष धर्म कुँवरले निर्माणाधिन भवन उद्घानटको सयुक्त रुपमा बिरोध गरिएको बताए । उनले यसमा नगर उपप्रमुखले पनि बिरोध गरेको दावी गरे । ‘नगर सरकार एमालेको नेतृत्वमा भएपनि समग्रमा यो जनताको सरकार हो । यो सरकार जनतामा केन्द्रित हुनुपर्छ भन्ने हाम्रो सबै पार्टीको धारणा छ’ उनले भने ‘बिरोधका बाबजुत पनि युद्धगत शैलीमा सुरक्षाकर्मीको दस्ता लगाएर भवन उद्घाटन गरिएको छ । यो बिषयमा हामी पुन घोर भ्रत्सना गदैछौ ।’
उनले भवन निर्माण भएपछि स्थानीय तहमा आएको नयाँ सरकारले पुनः भवन उद्घाटन गर्ने बताए ।

नेकपा एकीकृत सामाजवादी गोदावरी नगर कमिटीका अध्यक्ष टेक बहादुर बिकले भवन उद्घाटन हुँदैछ भनेर मिडिया मार्फत जानकारी पाएको बताए । उनले भने ‘यो भवन सम्पुर्ण गोदावरी बासिको हो । हाम्रो चाहना पनि सबै दललाई बोलाइनुपथ्र्यौ भन्ने हो ।’
उनले आगामी चुनावमा हार्ने मानसिकताले हतारमा भवन उद्घाटन गरिएको बताए । ‘आउँदो चुनाव जित्छौ र त्यो भवन हामीले उद्घाटन गर्छै भन्ने एमालेमा हिक्मत रहेन । वहाँहरुमा आउँदो चुनावमा हारीन्छ । हारेपछि अर्कोले उद्घाटन गर्ने हो भनेर हार स्विकार गरेको मानसिकता हो’ उनले भने ‘कुनै पनि प्रक्रिया नपुगाएकोले यो भवन निर्माण सम्पन्न भएपछि यसको पुन उद्घाटन गरिन्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी गोदावरी नगर समिति अध्यक्ष दुर्गा पोखरेलले पनि नगरपालिकाको भवन उद्घाटन भएको बिषय संचारमाध्यमबाट जानकारी पाएको बताए । उनले स्थानीय स्तरमा रहेका राजनीतिक दललाई जानकारी नै नदिई नगरपालिकाको भवन उद्घाटन गरिनु दुःखद भएको बताए । ‘स्थानीय राजनीतिक दललाई जानकारी नदिई उद्घाटन गरिनु गलत छ’ उनले भने ‘यो भ्रष्टाचार ढाकछोप गर्न पनि उद्घाटन गरिएको हुन सक्छ ।’
राष्ट्रिय जनमोर्चा गोदावरी गोदावरी नगर कमिटीका अध्यक्ष जय बहादुर बिकले गोदावरीमा राजनीतिक संस्कार होस भनेर आफ्नो पार्टी बिरोधमा उत्रिएको बताए । ‘हामीलाई बाख्रो मरेको भन्दा पनि बाघ पल्कियो भन्ने डर छ’ उनले भने ‘को पार्टीले भवनको उद्घाटन गर्यो भन्दापनि हामीलाई राजनीतिक संस्कार हुनुपर्छ भन्ने मान्यता हो ।’
उनले भवन उद्घाटन भन्दा पनि निर्माणका लागि हतार गरेको भए अहिले यो समस्या नआउने बताए । ‘उद्घाटनमा हतार गर्नु भनेको यो उनीहरुको हरुवा मानसिकता हो’ उनले भने ‘यो सबैको सामाजिक सरोकारको बिषय भएकाले यसमा सबैलाई जानकारी दिइनु पथ्र्यौ ।’
नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर सचिव रुपलाल देउकरले जनताको विरोधको बावजुत पनि उद्घाटन गरिनु घोर आपक्तिजनक भएको बताए । उनले प्रहरी प्रशासन घेराभित्र भवन उद्घाटन गरिएको बताए ।
उनले भने ‘यो भनव निर्माण सम्पन्न भएपछि उद्घाटन गरिनुपथ्र्यो । हाम्रो पार्टीे देशभरी दलहरुबाट भइरहेका यस्ता चरित्रको घोर बिरोध गर्दछ ।’
सम्बन्धित समाचार : गोदावरीको भवन हस्तान्तरण नहुँदै उद्घाटन, भवन दिने दातालाई छैन जानकारी



















