खाेज्नुहाेस

धनगढी देखि काठमाण्डौं र पोखराको हवाई भाडादर बढ्यो

Image

अत्तरिया – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसंगै हवाई सेवाको भाडा पनि बढेको छ । निगमले बिहिबार राती देखि लागु हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि भाडा बढेको हो ।

navjiwan hospital

नेपाल वायुसेवा सञ्चालक संघले आइतबारबाट लागू गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । जस अनुसार काठमाडौं–धनगढी ४४५ र पोखरा –धनगढीको भाडा ३४५ रुपैयाँले बढेको छ ।

attariya hospital

यो संगै काठमाडौं–धनगढीको भाडा ६ हजार १० पुगेको छ भने पोखरा – धनगढीको भाडा ४ हजार ६४० पुगेको छ ।