खाेज्नुहाेस

दसैैं लक्षित २० अर्ब नयाँ नोट साटिए

Image
navjiwan hospital

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार सम्ममा २० अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ । नेपालीहरुको ठूलो चाड दसैं नजिकिए सँगै राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार ५, १०, २०, ५० र १०० दरका साना नोटको सटही ८ अर्ब २५ करोड रुपैयाँ भएको छ भने बाँकी ११ अर्ब ७५ करोड रुपैयाँ भने पाँच सय र हजार दरका नोटको सटही भएको छ ।
राष्ट्र बैंकले दसैैंलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले सो रकम लगिसकेका छन् । विगतका वर्षमा जस्तो यस वर्ष नयाँ नोट साट्नका लागि कुनै समस्या छैन ।
राष्ट्र बैंकले यसपालि कोरोनाको संक्रमणका कारण २७ वटै वाणिज्य बैंक र तिनका शाखाबाट नयाँ नोट पाउने व्यवस्था गरेको छ । विगतका वर्षहरुमा राष्ट्र बैंकले आफ्ना शाखाहरुबाट मात्र नयाँ नोट वितरण गर्ने गर्दा उपभोक्ता लामो लाइन लाग्न बाध्य भएका थिए ।