खाेज्नुहाेस

धनगढीमा ‘सहकारी पुनर्जागरण : चुनौतीलाई अवसरमा बदल्ने रणनीति’ विषयक प्रदेशस्तरिय गोष्ठी आयोजना

Image

धनगढी– कैलालीको धनगढीमा ‘सहकारी पुनर्जागरण : चुनौतीलाई अवसरमा बदल्ने रणनीति – कानुनी परिवर्तनको असर एबम समाधानको योजना’ विषयक प्रदेश स्तरीय गोष्ठी आयोजना गरिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले आफ्नो २४औ स्थापना दिवसको अवसरमा बिहिबार धनगढीमा सो गोष्ठी आयोजना गरेको हो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक मनमोहन विष्टको सभापतित्वमा आयोजित गोष्ठीका प्रमुख अतिथि सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय धनगढीका रजिस्ट्रार जयन्ती गिरी रहेकी थिईन । कार्यक्रममा सहकारी क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधि, सहकारीकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा गिरीले ‘सहकारी पुनर्जागरण ः चुनौतीलाई अवसरमा बदल्ने रणनीति’ विषयमा प्रस्तुतिकरण गरेकी थिईन । उनले सहकारी क्षेत्रको वर्तमान अवस्था, देखिएका चुनौती, कानुनी सुधार, सुशासन, पारदर्शिता तथा सदस्यकेन्द्रित व्यवस्थापनमार्फत सहकारी अभियानलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औल्याएकी थिईन ।

कार्यक्रमका सभापति विष्टले राष्ट्रिय सहकारी बैंकले विगत २४ वर्षदेखि सहकारी संस्थाहरूको वित्तीय सुदृढीकरण, क्षमता विकास तथा सहकारी अभियानको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले आगामी दिनमा पनि सदस्य संस्थाहरूसँग सहकार्य गर्दै सहकारी क्षेत्रलाई थप सुदृढ बनाउन बैंक प्रतिबद्ध रहने बताए ।

कार्यक्रममा सहभागीहरूले सहकारी क्षेत्रको दिगो विकास, सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा सहकारीप्रतिको जनविश्वास अभिवृद्धिका विषयमा आफ्ना धारणा राखेका थिए । साथै कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट सहकारी संस्थामध्ये लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टिकापुर तथा जगन्नाथ स्वामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड महेन्द्रनगरको सफलताका कथा प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हीरालाल सुनारले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन बैंककी कर्मचारी आशा जोशीले गरेकी थिईन ।